सुदूरपश्चिम – कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन्। उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाएका छन्।
एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९हजार ६१ मत खसेको थियो।
Artha Sanjal






