काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ ।
कालोसूचीमा परेको भन्दै धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएपछि कलवार पनि सोही सूचीमा रहेको पाइएको हो ।
कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको थियो । जुन अहिलेसम्म कायमै छ । निर्माण व्यवसायमा सम्बद्ध उनले ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको समेत भेटिएको छ ।
यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी एमालेका हरिप्रसाद उप्रेतीुसँग झिनो मतान्तरमा पराजित भएका थिए । अहिले उनी रास्वपाका उम्मेदवार हुन्।
Artha Sanjal







