सुपर खुदी हाइड्रोपावरको आईपीओमा २३ गुणा बढी आवेदन

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा माग भन्दा बढी आवेदन परेका छन् । कम्पनीको आईपीओमा २३ गुणा बढी आवेदन परेका हुन् ।

कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमा २७ लाख ६ हजार ८७९ जना आवेदकले तीन अर्ब एक करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख ३७ हजार १२० कित्ता शेयरको लागि आवेदन परेको छ ।

कम्पनीले गत फागुन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज अर्थात फागुन ११ गते सम्म आवेदन खुला भएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *