काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइराला आसन्न निर्वाचनका लागि अठोटपत्र सार्वजनिक गरेका छन् ।
बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयनमा उनले जोड दिएका छन् । संविधान संशोधन र पूर्ण कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।
रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र भन्ने नाराका साथ बन्द भएका र कमजोर रहेका उद्योग पुनः सञ्चालनको नीति लिने उनले अठोटपत्रमा उल्लेख गरेका छन् ।

Artha Sanjal






