सिरहा । सिरहामा श्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–३ शिवनगरका २१ वर्षीय संजित कुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार दिउँसो स.१०प ४०५ नम्बरको मोटरसाइकलमा बरियारपट्टी हुँदै औरहीतर्फ आइरहेका अवस्थामा यादवलाई प्रहरीले शंका लागेर चेक जाँच गरेको थियो ।
चेक जाँचको क्रममा उनको साथबाट १ हजारको १४ सय थान नेपाली रुपैयाँ बरामद भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
Artha Sanjal






