कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।  बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।

पार्टीभित्रका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

विशेष गरी पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको विषय र विगतमा भएका अनुशासन कारबाहीका फाइलहरूबारे बैठकम छलफल हुने बताइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *