सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

काठमाडाैं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्य अर्थात् प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *