काठमाडौं- आईसीसी टी-२० विश्वकप २०२६ मा भारतसँग पाकिस्तान ६१ रनले पराजित भएको छ।
यो जितसँगै घरेलु टोली भारतले लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ बाट विश्वकपको सुपर–८ प्रवेश गरेको छ।
आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाई आउट भएको हो ।
पाकिस्तानलाई सस्तैमा रोक्न भारतका जसप्रीत बुमराह, वरुन चक्रवर्ति र अक्षर पटेलले समान दुई विकेट लिए। हार्दिक पण्ड्या, कुल्दीप यादव र तिलक वर्माले समान एक विकेट लिए।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो। भारतका ओपनर इशान किशनले सर्वाधिक ७७ रन बनाए । इशानले ४० बलमा १० चौका र तीन छक्का प्रहार गरे।
पहिलो हार व्यहोरेको पाकिस्तानको भने हारसँगै सुपर–८ सम्भावना कठिन बनेको छ। अब पाकिस्तानको सुपर–८ यात्रा अन्तिम खेलबाट निर्धारण हुनेछ। पाकिस्तानले अन्तिम खेलमा नामिबियाको सामना गर्ने तालिका छ।
Artha Sanjal






