काठमाडौं। रिज लाइन इनर्जीको सार्वजनिक गरेको आईपीओमा आवेदन दिने म्याद आज अन्तिम रहेको छ। कम्पनीले माघ २८ देखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आइपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ।
यसमध्ये ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा २८ हजार ४४० कित्ता सेयर कर्मचारीलाई र ७१ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्कासन गरेको छ।






