कार्यकर्तासँग गगनको आग्रह- मलाई गरेको विश्वास अब भोटमा बदल्नुस्

सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् । मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् ।

सभापति थापाले भने, ‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु।’

सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेता कार्यकर्तालाई आग्रह गरे। ‘कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला,’ उनले भने, ‘मैले तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *