धुलिखेल । धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी–२०२६ का लागि तोकेको बीमाशुल्क संकलनका आधारमा नेपालभरबाट छनोट भएका ८३ जना अभिकर्तालाई कार्यक्रममा सम्मान गरिएको छ ।
जसअनुसार टिओटीमा २, सिओटीमा ४ र एमडिआरटीमा ७७ जना अभिकर्ता चयन भएका हुन् ।
कार्यक्रमको उद्घाटन अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् ।
कार्यक्रममा सहभागी अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम राजाले जीवन बीमा व्यवसायमा निरन्तरता, दक्षता र लक्ष्य प्राप्तिका विषयमा केन्द्रित रहेर तालिम दिएका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन अभिकर्ता समूहको भूमिका निर्णायक रहेको उल्लेख गर्दै उनीहरूलाई प्राथमिकतामा राखेर केही नयाँ अभ्यास सुरु गरिएको बताए ।
ती अभ्यासले अभिकर्ताहरूलाई थप उत्साहित बनाएको उनको भनाइ थियो ।
उनले एमडिआरटी–२०२६ का लागि तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी, सिओटी र टिओटीको लक्ष्य हासिल गर्न सफल अभिकर्तालाई विशेष सम्मान गरेका थिए ।
कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याएको ‘चेज योर एमडिआरटी’ मासिक योजनामा सफल अभिकर्तालाई तोकिएको प्रोत्साहन पनि प्रदान गरिएको छ ।
कार्यक्रममा उप–प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले सहभागीलाई स्वागत गरेकी थिइन् भने नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गरेका थिए ।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरीय सम्मान कार्यक्रम समावेश समारोहमा सम्मानित अभिकर्ताले आफ्नो मेहनतको कदर भएको भन्दै गर्व महसुस गरेको प्रतिक्रिया दिएका छन् ।






