सहकारी ठगी मुद्दाका कारण रवि लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता

चितवन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

उनले रास्वापा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेसनामामार्फत उम्मेदवारी दर्ता भएको जानकारी दिए।

लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहेका छन्।

लामिछानेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको हो।

यससँगै चितवन २ मा नेपाली कांग्रेसबाट मीना खरेल, नेकपा एमालेबाट अश्विन घिमिरे र नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *