काठमाडौँका १० निर्वाचन क्षेत्रमा मनोनयन दर्ता : कुन क्षेत्रबाट कतिले दिए उम्मेदवारी ?

काठमाडाैँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

मंगलबार उनीहरुले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

१ नम्बर निर्वाचन क्षेत्रमा ३०, २ नम्बर क्षेत्रमा २२, ३ नम्बर क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै ४ नम्बर क्षेत्रमा २८, ५ नम्बर क्षेत्रमा २६, ६ नम्बर क्षेत्रमा २२, ७ नम्बर क्षेत्रमा २८ जनाको उम्मेदवारी परेको छ ।

८ नम्बर क्षेत्रमा २२, ९ र १० नम्बर क्षेत्रमा २६/२६ जनाको उम्मेदवारी परेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *