बागलुङ–१ मा रास्वपाबाट सुशील खड्काको उम्मेदवारी दर्ता

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशील खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका क्रममा खड्काको प्रस्तावकमा राजेन्द्र शर्मा रहेका छन् भने समर्थकमा महेन्द्र खड्का रहेका छन् । मनोनयन दर्तासँगै रास्वपाले चुनावी गतिविधिलाई तीव्रता दिने जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *