केशव स्थापितलाई प्रश्न उठाउने युवती हाम्रो कलेजकी होईनन :नेशनल कलेज

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवारहरुसँग स्थानीय तहको निर्वाचनको सन्दर्भमा गरिएको अन्तक्रिया कार्यक्रममा भएको विवादका बारेमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति नेशनल कलेजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै कलेजले शैक्षिक संस्थामा भएको राजनीतिक र नीतिगत बहस अन्यत्रै मोडिएर कलेज समेत विवादित बन्न पुगेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । साथै कलेजले कलेजले स्थापितलाई प्रश्न गर्ने विद्यार्थी नेशनल कलेजको नभएको समेत स्पष्ट पारेको छ ।

नेशनल कलेजले आयोजना गरेको छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितसँग एक युवतीले `मि टु` आरोप लागेको भन्दै प्रश्न गरेकी थिइन् । उक्त प्रश्नको जवाफमा स्थापितले `यु आर नाइस लेडी तर थुतुनो ठीक छैन` भनि युवतीमाथि टिप्पणी गरेक थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *