साताको २ दिन बिदाले शेयर बजारलाई असर गर्दैन : अध्यक्ष पोखरेल


सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको यो निर्णयले कुन क्षेत्रमा कस्तो असर पर्ला भनेर अहिले चौतर्फी बहस भइरहेको छ ।

अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा भने यसले खासै असर नगर्ने नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउछिन् । नेपाल स्टक एक्सचेञ्जले सातामा दुई दिन बिदा दिए पनि शुक्रबार बजार खुला गर्ने तयारी गरेको छ । अहिले शेयर बजार आइतबारदेखि बिहीबारसम्म साताको ५ दिन कारोबार हुने गरेको छ । सरकारको निर्णय पछि पनि शेयर बजार ५ दिन नै खुला हुने भएकाले खासै केही असर नगर्ने अध्यक्ष पोखरेलले बताइन् ।

‘हो यो अहिलेको निर्णयले शेयर बजारमा कुनै पनि नकरात्मक प्रभाव पार्दैन किनकि उता दुई दिन बिदा दिएपनि एता अरु कार्य समय बढाउने भनेको छ’ अध्यक्ष पोखरेलले भनिन्, ‘त्यसैले अब शुुक्रबार पनि पुरै काम गर्न पाइने हुुदा यो बिदाले हामीलाई समय मात्र परिवर्तन गराएको छ, यसले हाम्रो बजारलाई कुुनै पनि असर पार्दैन ।’ यदि दुई दिन बन्द गरेर शुक्रबार पनि बन्द भएको अवस्थामा भने असर गर्ने उनले बताइन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *