कामना सेवा विकास बैंकको नाफा २२ प्रतिशत बढ्यो, अधिकांस सूचकमा उल्लेख्य सुधार

काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २२.३४ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले सार्वजनिक गरेको साउन–पुस अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिमा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफासँगै बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी ११.१८ प्रतिशतले बढेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २०.९१ प्रतिशतले बढेर ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा ४६ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ कायम भएको छ । प्रतिशेयर आम्दानी (ईपीएस) १८.३७ रुपैयाँबाट बढेर २०.४३ रुपैयाँ पुगेको छ ।

यसैगरी मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिटेन्ड अर्निङमा २९ करोड ५७ लाख र जगेडाकोषमा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ छ ।पुससम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *