बालेनपछि हर्क साम्पाङले पनि दिए राजीनामा

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् ।
उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् । यसअघि आज नै बालेन शाहले काठमाडाैँ महानगरकाे प्रमुखबाट राजीनामा दिएका थिए ।
May be an image of one or more people and text
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *