सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

यसर्थ संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन(फागुन ६ गते)भित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी पेश गर्नु पर्नेछ । निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *