गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई आधुनिक र सशक्त बनाउने उद्देश्यका साथ लोगो र छाप परिवर्तन गरेको छ। परिवर्तित नयाँ लोगो आजदेखि बैंकको सबै आधिकारिक कागजात, वेबसाइट र शाखाहरूमा प्रयोग हुने भएको छ।

बैंकको दीर्घकालीन रणनीतिको हिस्सा स्वरूप, गत कार्तिक २७ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले लोगो र छाप परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि बैंकले नयाँ लोगो कार्यान्वयनमा ल्याएको हो।

नयाँ लोगोले बैंकको आधुनिकता, सरल पहिचान र ग्राहकप्रतिको विश्वसनीयताको प्रतिबिम्ब प्रस्तुत गर्ने बैंकले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *