काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा पत्राचार गरेको खुलेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, विशेष महाधिवेशन पक्षधरहरूले नै ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा जानकारी गराएका हुन् ।
‘उहाँहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भनेर अरु विवरणसहित जानकारीपत्र पठाउनुभएको रहेछ,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘विशेष महाधिवेशनबाट कुनै निर्णय भए अद्यावधिक विवरण पठाउनेछौं भनेर जानकारी गराउनुभएको रहेछ ।’
विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्र पठाएको सूचना देउवा पक्षधरले थाहा पाएका थिए । त्यसपछि उनीहरूले पनि बुधबार आफूहरूको कुनै महाधिवेशन वा भेला नभएको भनी आयोगमा पत्राचार गरेका थिए ।
Artha Sanjal






