काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ मा सञ्चालित एसबिआई बैंकको शाखामा लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट आज स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
लुटपाटमा प्रयोग भएको बोलेरो गाडी पनि प्रहरीले बरामद गरेको छ । बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख लुटपाट भएको छ । मंगलबार साँझ लुटेराहरूले बैंकका सुरक्षा गार्डलाई आक्रमण गरेर नगद लुटेर भागेका हुन् । पक्राउ पर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Artha Sanjal






