राजनीतिक दलमा महिला नेतृत्व ‘क्लेम’ गर्न ‘अल-फिमेल अलायन्स’को तयारी

काठमाडौँ । नेपाली राजनीति र सार्वजनिक जीवनमा सक्रिय प्रभावशाली महिलाहरूले राजनीतिक दलहरूको उच्च तहमा महिला नेतृत्व स्थापित गर्ने उद्देश्यसहित ‘अल–फिमेल अलायन्स’ गठन गरेका छन्।

अभियन्ता भावना राउतका अनुसार यो गठबन्धनले परम्परागत राजनीतिक संरचनालाई चुनौती दिँदै सबै दलभित्र महिलाको निर्णायक भूमिकाको माग अघि सारेको छ।

यो कुनै एक दलसँग सीमित नभई विभिन्न क्षेत्रमा स्थापित महिलाहरूको साझा मोर्चा भएको राउतले बताइन्। उनका अनुसार गठबन्धनको मुख्य उद्देश्य हरेक राजनीतिक दलमा महिला नेतृत्वका लागि दाबी गर्नु हो। ‘यो पूर्णतः महिलाहरूको अलायन्स हो, जसले अब सबै पार्टीमा महिला नेतृत्वको माग गर्छ,’ उनले भनिन्।

गठबन्धनमा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ, अभिनेत्री निशा अधिकारी, पूर्व मिस नेपाल अर्थ प्रिया सिग्देल, शैक्षिक अभियन्ता रेशु अर्याल, युवा अभियन्ता प्रकृति ढकाल र जेनजी अभियन्ता भावना राउत सहभागी छन्।

नेपाली राजनीतिमा महिलालाई लामो समयदेखि कोटा वा सहायक भूमिकामा सीमित गरिँदै आएको सन्दर्भमा यो अलायन्सले नेतृत्वमा प्रत्यक्ष दाबी गर्ने रणनीति लिएको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *