सारा अर्जुन लोकप्रिय अभिनेत्री, पछि परे प्रभास र थलापति विजय

मम्बई । फिल्म ‘धुरन्धर’ प्रदर्शनको एक महिना नाघिसक्दा पनि फिल्मले अझै बक्स अफिसमा बलियो पकड जमाइरहेको छ । फिल्मको सफलतासँगै यसका कलाकारको लोकप्रियता पनि निकै बढेको छ ।

फिल्मले रणवीर सिंह र अक्षय खन्ना मात्र नभई फिल्मकी अभिनेत्री सारा अर्जुनलाई पनि ठुलो फाइदा पुगेको, यही कारण सारा यस हप्ता आइएमडीबीको लोकप्रिय भारतीय सेलिब्रेटीको सूचीमा पहिलो स्थानमा पुग्न सफल भएकी छन्, यस क्रममा उनले प्रभास र थलापति विजयजस्ता स्टारलाई पनि पछि पारेकी छन् ।

आइएमडीबीले आफ्नो साप्ताहिक लोकप्रियता र्‍याङकिङ सार्वजनिक गरेको छ, यो सूची विश्वभरका लाखौँ प्रशंसकको पेज भ्यु र युजर इन्गेजमेन्टका आधारमा तयार गरिन्छ ।

गत हप्ता दोस्रो स्थानमा रहेकी सारा अर्जुन यस पटक फड्को मार्दै शीर्ष स्थानमा पुगेकी हुन् । उनले थलपति विजय, प्रभास र अगस्त्य नन्दा लगायतलाई उछिनेकी छन् । उनको यो सफलताको श्रेय फिल्म ‘धुरन्धर’लाई जान्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *