समानुपातिक सूची सच्याइएन भने रास्वपालाई अन्धसमर्थन गरिँदैन: भावना राउत

काठमाडौं। जेन–जी अभियानकी अगुवा भावना राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीप्रति गम्भीर असहमति जनाएकी छन्। सूची नसच्याइए अन्धाधुन्ध समर्थन नगर्ने चेतावनी उनले दिएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै राउतले समानुपातिकतर्फ कुनै पनि पार्टीलाई आँखा चिम्लेर समर्थन नगर्ने स्पष्ट पारेकी छन्। ‘यो सूची सच्याइएन भने प्रत्यक्षमा उम्मेदवार हेरेर मत हालिन्छ, समानुपातिकमा भने अन्धाधुन्ध समर्थन हुँदैन,’ उनले लेखेकी छन्।

स्वर्गीय उज्ज्वल थापाको भनाइ स्मरण गर्दै राउतले समर्थन गर्नेहरूलाई प्रश्न गर्न नसक्दा अन्धभक्त बन्ने खतरा हुने उल्लेख गरेकी छन्। ‘राजनीतिमा अन्धभक्त हुनु भनेको देशलाई धोका दिनु हो,’ उनको भनाइ छ।

रास्वपाले बहुमत ल्याओस् र बालेन साह प्रधानमन्त्री बनून् भन्ने चाहना आफूमा पनि रहेको बताउँदै उनले नैतिक मूल्य त्यागेर गलतलाई सही ठान्न नसकिने स्पष्ट पारेकी छन्। ‘समर्थन गर्न म पहिलो पंक्तिमा उभिन्छु, तर प्रश्न गर्न, आलोचना गर्न र जवाफदेही बनाउन पनि म पहिलो पंक्तिमै उभिन्छु,’ उनले लेखेकी छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *