काठमाडौं । निर्वाचन आयोगको कालोसूचीमा परेका विभिन्न राजनीतिक दलका प्रभावशाली नेता–कार्यकर्ताहरू अब आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। आयोगका अनुसार कानुनी तथा निर्वाचनसम्बन्धी मापदण्ड उल्लङ्घनका कारण उनीहरूलाई चुनावी प्रतिस्पर्धाबाट अयोग्य ठहर गरिएको हो।
कालोसूचीमा परेकामध्ये नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा समेत रहेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम, स्वागत नेपाल, एमाले पृष्ठभूमिका गणेश पराजुली, विजयकुमार ग्रच्छदार, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राप्रपाका नेता रबिन्द्र मिश्र, पुकार बम, राप्रपाकी खुश्बु ओली र चलचित्र कलाकारबाट राजनीतिमा आएकी रेखा थापा समेत कालोसूचीमा समावेश छन्।
निर्वाचन आयोग स्रोतका अनुसार तोकिएका म्यादभित्र आवश्यक कानुनी प्रक्रिया पूरा नगरेका, विगतमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका वा अन्य प्रचलित कानुनअनुसार अयोग्य ठहरिएका व्यक्तिहरूलाई उम्मेदवारी दिन नपाउने व्यवस्था छ। सोही प्रावधानअनुसार यी नामहरू कालोसूचीमा राखिएको आयोगको दाबी छ।
आयोगको यो निर्णयसँगै राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ। विभिन्न दल र सम्बद्ध व्यक्तिहरूले निर्णयमाथि आपत्ति जनाउने संकेत गरेका छन् भने कतिपयले यसलाई निर्वाचन प्रणालीको शुद्धीकरणतर्फको कदमका रूपमा व्याख्या गरेका छन्।
निर्वाचन आयोगले भने कानुनभन्दा माथि कोही पनि नहुने र निर्वाचनको स्वच्छता, निष्पक्षता तथा विश्वसनीयता कायम गर्न कालोसूचीको व्यवस्था कडाइका साथ लागू गरिएको स्पष्ट पारेको छ।
यी हुन् कालोसूचीमा रहेका उम्मेदवार:







