राजनीतिले निकास नदिँदा कलाकार र खेलाडी राजनीतिमा आउन बाध्य भएका हुन् – रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले राजनीतिले सामान्य नागरिकलाई निकास नदिँदा कलाकार, पत्रकार र खेलाडीहरू राजनीतिमा आउन बाध्य भएको बताएका छन्।

जब परम्परागत राजनीतिक दलहरूले सुस्पष्ट मार्गदर्शन र आशा प्रदान गर्न सक्दैनन्, तब सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले देश र जनताको भविष्यप्रति उत्तरदायित्वका भावनासँगै राजनीति प्रवेश गर्ने निर्णय गरिरहेको उनको भनाइ छ।

काठमाडौंको बिग मूभिजमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रवि लामिछानेले ठोस राजनीतिक परिणाम नआउँदा र नेताहरूले निराशा फैलाएको भन्दै यस्तो टिप्पणी गर्दै उनले भने, “जब राजनीतिले निकास दिन सक्दैन र वर्षौँ राजनीति गरेर पनि स्थिति उस्तै रहन्छ, तब कलाकार, पत्रकार र खेलाडीहरू राजनीति तिर उन्मुख हुन्छन्।”

लामिछानेका अनुसार यी व्यक्तिहरूलाई राजनीतिमा रूचि मात्र भएर आएजस्तो होइन, मूल रूपमा मुलुकप्रतिको जिम्मेवारीबोध र निराशा हटाउने चाहनाले प्रेरित भएर राजनीतिमा प्रवेश गर्न बाध्य बनाएको छ। उनीहरूले परम्परागत राजनीति प्रणालीले उनीहरूलाई पूरा समाधान नदिएकोले आँफै राजनितिमा होमिएको उनको तर्क छ।

साथै, उनले चलचित्रको सन्देशले वर्तमान राजनीतिक परिवेशसँग मेल खाएको उल्लेख गर्दै सबैले चलचित्र हेर्न सिफारिस पनि गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *