अहिलेकै परिस्थिति कायम रहे राजसंस्था फर्किन्छ : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेकै परिस्थिति कायम रहे राजसंस्था फर्कनसक्ने बताएकी छन् ।
उनले भनेकी छिन्,- ‘राजसंस्था एउटा शक्ति हो । त्यसलाई माईनस गरेर जान सकिँदैन । पूर्वराजा ज्ञानेन्द्र शाह देश नछोडि बस्नु राम्रो पक्ष हो।’

राजसंस्था फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्नसक्ने उनको स्पष्ट भनाई छ।
पूर्वराष्ट्रपति भण्डारीले एमाले फुट्न नदिने समेत स्पष्ट पार्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष भने जारी रहने बताइन्।
 प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।
उनले गत साउन ४ गतेदेखि केपी ओलीसँग बोलचाल बन्द रहेको बताउँदै भनेकी छन्,-‘मैले उहाँलाई बधाई पनि फेशबुकमार्फत् दिएको छु । उहाँलेपनि टेलिफोन गर्नुभएको छैन । मैले पनि गरेको छैन ।’ उनले नयाँ दल खोल्ने कुरा सोच्नपनि नसक्ने बताएकी छिन् । तर, आफू सक्रिय राजनीतिमा रहिरहने उनको प्रण छ ।
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा चुनाव हुनुपर्ने भन्दै अहिले यो सरकारको विकल्प खोज्न नहुने बताएकी छन्।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *