रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ ।

न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानून व्यवसायी पर्ने भएकाले सुनुवाइ अघि बढाउन नमिल्ने भएको कुँवरले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *