मिड सोलुले १५ प्रतिशत बोनस वितरण गर्ने

काठमाडाैं। मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतका दले बोनस शेयर वितरण गर्ने भएको छ। उक्त प्रस्ताव अनुमोदन गर्न कम्पनीले पुस २१ गते, सोमबार चौथो वार्षिक साधारण सभा बोलाएको हो। सभा पुरानो बानेश्वरस्थित मानसरोबल पार्टी प्यालेसमा दिउँसो १ बजे सुरु हुनेछ।

सभाले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूहको तर्फबाट ५ जना सञ्चालक निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *