काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकले तीन महीनामा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको खुद नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.१७ प्रतिशत कमी हो । गत आर्थिक वर्ष कम्पनीको मुनाफा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकको सञ्चालन नाफा ५३ करोड ९५ लाख रुपैयाँबाट घटेर साढे ५०करोडमा सिमित भएको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ३.८० प्रतिशत रहेको छ ।
कम्पनीको चुक्तापूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ६१ करोड रुपैयाँमा छ ।
असोजमसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १०.६४ रुपैयाँबाट घटेर ९.०३ रुपैयाँमा पु्गेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने २१८.०५ रुपैयाँ रहेको छ ।







