हिमालयन बैंकको वित्तीय अवस्था दयनीय: नाफासँगै प्रतिशयेर आम्दानी घट्यो, खराब कर्जा झन्डै ८ प्रतिशत

काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीका अधिकांश वित्तीय सूचकहरु नकरात्मक देखिएका छन् ।

चालु आर्थिक बर्षको तीन महिनामा बैंकको नाफा ७० करोड २८ लाख ९४ हजार रुपैयाँ रहेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.२४ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने सामन्य बढेको छ। तीन महिनामा बैंकको ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै असोजमसान्तसम्म बैंकको सञ्चालन नाफा पनि घटेको छ। बैंकको संचालन नाफा ४१.७२ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सो अवधिमा भने बैंकको उक्त नाफा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा ह्वातै बढेको छ। कर्जा असुली नहुँदा बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.३९ प्रतिशत पुगेको छ ।

तीन महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *