प्रधानमन्त्रीले गरिन् गृहमन्त्रीसहित ४ वटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौँ । बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ। वर्तमान सुरक्षा अवस्थाबारे आवश्यक कदम चाल्न बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए। सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले ब्रिफिङ गरेका थिए।

‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *