सिरहा । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पनि जाहेरी परेको छ ।
नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले उनीहरूविरुद्ध जाहेरी दर्ता गराएका हुन् ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित जाहेरी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो ।







