काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरेका छन् ।
बुधबार काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन आयोजना गर्न सुझाव दिएका हुन् ।
बैठकले औपचारिक निर्णय गरेपछि महाधिवेशनको मिति र स्थान टुंगो लाग्ने एमालेले जनाएको छ ।







