नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सुन्धारास्थित भद्र बन्दीगृहबाट बुधबार फरार भएका छन्।
कारागार स्रोतका अनुसार हाल भद्र बन्दीगृहमा १०० कैदी मात्रै छन्। रायमाझीसहित केही अन्य कैदी सम्पर्कविहीन छन् भने केहीले प्रशासनलाई फोन गरेर फर्किने आश्वासन दिएका छन्।
यसअघि नख्खु कारागारबाट भागेका कैदीले केन्द्रीय कारागारमा तोडफोड गरेका थिए।
डिल्लीबजार कारागारका कैदी पनि भाग्न खोजेपछि सेना तैनाथ गरिएको छ।
Artha Sanjal






