काठमाडौं। कालिमाटीमा हिजो प्रहरीले चलाएको गोलीले अर्का व्यक्तिको पनि निधन भएको छ । उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान निधन भएको हो।
तत्कालै बयोदा अस्पताल पुर्याइए पनि धेरै रगत बगेको थियो । डाक्टरले गरेको प्रयास असफल भयो र आज बिहान ९ बजे सुवेदीको निधन उनका जेठान मनिष बास्तोलाले जानकारी दिए ।
हिजो प्रहरीको गोली लागेर कालिमाटी पुल नजिकै ३ जना घाइते भएका थिए । ति मध्ये अर्जुन भट्ट र दिपक साउदको हिजो राति नै निधन भइसकेको अस्पतालले जनाएको छ । सुवेदीले आज बिहान ज्यान गुमाएका हुन् । सुवेदीको निधनसँगै मृतकको संख्या तीन पुगेको छ ।







