उत्तरतर्फका सीमा नाका तत्काल खोल्न सांसद सापकोटाको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चीन जोडिने तातोपानी र रसुवागढी नाका तत्काल सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बाढी–पहिरोका कारण अवरुद्ध नाका खुलाउन आवश्यक साधन स्रोत प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

तातोपानी नाका जाने अरनिको राजमार्ग पछिल्लो २९ दिनदेखि अवरुद्ध रहेको भन्दै उनले यसले मुलुकको राजस्वमै असर पर्ने बताए ।

‘एउटा पहिरोका कारण वार्षिक २४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको उत्तरतर्फको दुवै वटा नाका बन्द छन्, यसले चाडबाडको मुखमा हामी छौं,’ उनले भने, ‘यसले बजार भाउ अपत्यारिलो ढंगबाट आकासिने सम्भावना बढेर गएको छ तर, सरकार नियमित काम जस्तो सामान्य एउटा मेसिन लगाएर इको पहिरोमा खेलिराखेको छ ’

उनले साधन स्रोतको प्रयोग गरेर तत्काल पहिरोको व्यवस्थापन गरी चीन जोडिने नाका खुलाउन माग गरे ।

सांसद सापकोटाले उखुमा दिँदै आएको अनुदान कटौती निन्दनीय भएको भन्दै विरोध जनाए । उखु किसान र दुग्ध किसानका माग पूरा गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *