काठमाडौं । मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्ष सुदर्शनदेव भट्टलाई बनाउने निर्णय गरेको छ । न्याय परिषद्को सिफारिसको आधारमा न्यायाधीश भट्टलाई विशेष अदालतमा नियुक्त गर्ने निर्णय गरेको हो।
न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो ।
त्यस्तै, उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोकिएका छन् ।
विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । सोही अनुसार शुक्रबार बसेको बैठकल अध्यक्ष भट्टसहितका सदस्यहरू तोकेको हो ।
Artha Sanjal






