एभरेष्ट बैंकको नाफामा ७२ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ दशमलव ९२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३३ करोड ४७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी छ दशमलव ७० प्रतिशतले बढेको छ ।

त्यस्तै, बै‌ककाे सञ्चालन मुनाफा ७२ दशमलव ९९ प्रतिशतले बढेको छ। बैंकको कमिशन आम्दानी भने समीक्षा अवधिमा १० दशमलव ८६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप दुई दशमलव ३२ प्रतिशत बढेको छ । त्यस्तै, कर्जा छ दशमलव १३ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष एक दशमलव ९८ प्रतिशतले मात्र बढेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ९२ पैसा पुगेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २७ दशमलव ४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ७३ पैसा रहेकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *