काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेको दुईवटा म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ।
क्यापिटलको सञ्चालक समिति बैठकले ‘लक्ष्मी भ्यालु फन्ड–२’ र ‘सनराइज ब्लुचिप फन्ड’का इकाइधनीलाई आर्थिक वर्ष २०८१।८२ का लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार लक्ष्मी म्युचुअल फण्ड अन्तगर्त सञ्चालित लक्ष्मी उन्नती कोषले २० प्रतिशत तथा सनराईज म्युचुअल फण्ड अन्तगर्त सञ्चालित सनराईज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र सनराईज फोकस्ड ईक्विटी फण्डले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्नेघोषणा गरेका हुन्।
साउन २० गते सम्पन्न योजना व्यवस्थापक लक्ष्मी सनराईज क्यापिटलको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।







