काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतिताेला १०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। यस दिन चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।







