जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

आइतबार स्थायी समिति बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीले आत्मालोचना गर्नुहुन्छ भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् ।

स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रनुको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिए आफू पनि आत्मालोचना गर्ने बताएका थिए ।

अध्यक्ष प्रचण्डले भने ‘अहिले छलफल चलिरहेकै छ । जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने कुरा हो ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *