हाजिरी जमानीमा छुटे शेयर कारोबारी दिपेन्द्र अग्रवाल

काठमाडौँ । ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका चर्चित सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका छन्। उनलाई बुधबार काठमाडौं जिल्ला अदालतको आदेशपछि हाजिरी जमानीमा रिहा गरिएको हो।

काठमाडौं प्रहरी परिसरले अग्रवाललाई साउन ५ गते टोखाबाट पक्राउ गरेको थियो। करिब १० दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि अदालतको अनुमतिमा रिहा गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनुसन्धान प्रक्रिया अझै जारी रहनेछ, आवश्यक परेको खण्डमा तत्काल उपस्थिति हुनुपर्ने शर्तमा अग्रवाललाई छोडिएको हो।

धनुषाको जनकपुर उपमहानगरपालिका–१ स्थायी घर भई काठमाडौं महानगरपालिका–१० मा बसोबास गर्दै आएका अग्रवालमाथि एकै व्यक्तिबाट करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पनि अग्रवालविरुद्ध अनुसन्धान अघि बढाएको छ। सेबोनको निर्देशनअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *