अमेरिकाले एमसीसीलाई निरन्तरता दिने, नेपालमा के हुन्छ ?

काठमाडौं। अमेरिकी सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अघि बढाउने निर्णय गरेको छ।

सोहि निर्णयअनुसार नेपालमा पनि एमसीसी परियोजनाले निरन्तरता पाएको अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्माले जानकारी दिएका छन्। अमेरिकी सरकारले गरेको समीक्षा बैठकको निर्णयअनुसार नेपालमा कार्यान्वयनको चरणमा रहेको एमसीसी परियोजनाले निरन्तरता पाएको उनले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको प्रशासनिक खर्च कटौती गर्ने निर्णय अनुसार गत अप्रिलमा एमसीसी बन्द गर्ने निर्णयसँगै नेपालसहित २० मुलुकमा सञ्चालित यो कार्यक्रमलाई ३ महिनाका लागि स्थगित गरिएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *