काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८२ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरि लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि गाला कन्सर्ट सम्पन्न गरेको छ।
भैरहवाको होटल सिद्धार्थ भिलासामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उद्घाटन गरेको कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका प्रमुखहरु गरि करिब ३५० जनाको उपस्थिती रहेको थियो।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेका थिए। त्यसपश्चात मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीसहितको गाला कन्सर्ट भएको थियो।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको माग तथा चाहानालाई मध्यनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्सर्टलाई निरन्तरता दिइएको बताइका थिए। यो वर्ष पनि योजना अन्तर्गत देशभरका अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको उनको भनाइ थियो।
कार्यक्रमका अवसरमा स्ट्याण्ड अपकमेडीयन सुमन कोईरालाको कमेडी प्रस्तुती रहेको थियो भने कलाकारहरु प्रकाश सपुत, समीक्षा अधिकारी, बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको सांगितिक प्रस्तुती पनि रहेको थियो। डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएको कम्पनीले जनाएको छ।






