कांग्रेस महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा हुन्छ: सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’ उनले कांग्रेसको महाधिवेशन नवौँदेखि आजसम्म पाँच वर्षमै भएको भन्दै अब १५ औँ महाधिवेशन पनि पाँच वर्षमै हुने बताए ।

उनले सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पारे । उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *