काठमाडाैं। महालक्ष्मी विकास बैंकले अश्वीनीकुमार ठाकुरलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ। बैंकको २०८२ असार २० गते बसेको सञ्चालक समितिको निर्णयअनुसार ठाकुरको नियुक्ति गरिएको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४(३) बमोजिम नियुक्त भएका ठाकुरले आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पदबहाली गरेका छन्।
उनीसंग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संस्थाहरूमा जिम्मेवारी सम्हालेको अनुभव रहेको छ।
पदबहाली कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरूले संयुक्त रूपमा उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। बैंकले उनको दीर्घ अनुभवले संस्थागत सुशासन अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालय र ८ लाख ग्राहक सेवा उपयोगकर्ताहरू रहेका छन्।





