चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरावलोकन गर्ने, व्यवसायको प्रकृतिअनुसार नीतिमा परिमार्जन गरिने

काठमाडौं । राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई पुनरावलोकन गर्ने भएको छ । गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई थप पुनरावलोकन गरिने उल्लेख गरेका छन् ।

गभर्नर पौडेलले विशेष गरी कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, मिडिया र सञ्चार क्षेत्रका व्यवसायीहरूको कर्जा भुक्तानी चक्र र व्यवसायको प्रकृति फरक हुने भएकाले ती क्षेत्रलाई लक्षित गरेर चालू पुँजी कर्जाको व्यवस्थापनमा सुधार ल्याइने उल्लेख गरेका छन् ।

हालको मार्गदर्शनले सबै प्रकारका व्यवसायहरूलाई एउटै ढाँचामा नियमन गर्ने भएकाले केही व्यवसायहरूलाई कर्जा उपयोगमा असहज भइरहेको भन्दै सम्बन्धित क्षेत्रका व्यवसायीहरूले गुनासो गर्दै आएका थिए। त्यसैको आधारमा अब नीतिमा लचिलोपन र व्यावहारिकता ल्याउने तयारी गरिएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *