आज पनि शेयर बजारमा दोहोरो अंकको बृद्धि, ९ अर्ब ६८ कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा  बन्द भएको छ ।

आज ३१२ कम्पनीको शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ । आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५७ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बैंकको २६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माई खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.१५ प्रतिशतका दरले कमाएका हुन् । मान्डु हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.५७ प्रतिशतका दरले कमाएका छन् । भगवती हाइड्रोपावरका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले गुमाएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *